कैलालीमा रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् ।
बेपता भएकी बालिका लम्कीचुहा नगरपालिका–३ बल्चौरका दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी भएको पाइएको छ ।
उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकि हुन । अहिले स्थानिय र प्रहरीको टोलीले उनको खोजी कार्य गरिरहेको जनाइएको छ ।
प्रकाशित : २०८२ बैशाख २ मंगलवार प्रकाशित