लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

किसान बहुउद्देश्यीय सहकारी द्वारा साउँदका परिवारलाई सुविधा वितरण

प्रसेनि / किसान बहुउद्देश्यीय सहकारी संस्था नारायणपुर शाखाले आफ्ना सेयर सदस्य भाना देवी साउँदकाे पतिको मृत्युपछी बिहीबार श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम गरेको छ । सहकारी संस्थाका सुपरिवेक्षण विभाग प्रमुख प्रकाश जिसिकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाैधरि प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष चाैधरिले सहकारी संस्था बाट लिएको ऋण तिर्ने घरमुलि नै नभएको अवस्थामा आफ्ना सदस्यकाे समस्यालाई कर्जाको अनुभूति हुन नदिइ सुविधा वितरण गर्नु राम्रो काम भएको बताए । यस्तो सहयोगले परिवारका सदस्यलाई पनि कर्जा रहेको चिन्ता नहुनुका साथै परिवार आर्थिकरुपले धरासायि हुन बाट जाेगिने बताए ।
सहकारीका टिकापुर इलाका प्रमुख जयशंकर न्याैपानेले सदस्य भाना देवि साउँदले संस्थाबाट कर्जा लिएको र दुई लाख अन्ठाउन्न हजार सात सय छत्तीस ऋण रकम मिनाहा गरेको बताए । उक्त रकम बराबरको चेक समुह सदस्य भाना देवि साउँदलाई कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष चाैधरिले हस्तान्तरण गरेका थिए ।

किसान बहुउद्देश्यीय सहकारीले अहिलेसम्म धेरै परिवारलाई मृत्युपछि पनि यसरी सुविधा वितरण गरिसकेको स्मरण गर्दै संस्थाले हालसम्म नारायणपुर शाखा बाट मात्र १ करोड ८ लाख रुपैयाँ सुविधा वितरण गरेको जानकारी दिइएकाे थियोे । किसान बहुउद्देश्यीय सहकारीको टिकापुर ६ प्रसेनि स्थित समूह सदस्य भाना देविका श्रीमान् नन्द बहादुर साउँदकाे गत चैत ३ गते निधन भएकाे थियोे।

संस्थाले आफ्ना सदस्यलाई आफ्नो परिवारको सदस्यको रुपमा लिएर दुखसुखमा साथ दिने काम सराहनीय भएको सदस्य देवसरा बटालाले बताइन् । कार्यक्रममा स्थानीय सामाजिक अगुवा, पत्रकार,समुह सदस्य लगायत सहकारीका कर्मचारीकाे को सहभागीता रहेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका नारायणपुर शाखा प्रमुख नवराज देवकोटाले गरेका थिए ।

शाेक सभा तथा सुविधा वितरण कार्यक्रम पछि जन्म देखि मरणाेपरान्त सम्म किसान बहुउद्देश्यीय सहकारी भन्ने नारा संगै शरिरले छाडेर गए पनि मृतक व्यक्तिकाे सम्झनामा रहिरहनेछ भनेर वृक्षारोपण गरिएको थियोे ।


प्रकाशित : २०८२ बैशाख ४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप