सत्ति/कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब डेढ लाख रुपैयाँ बराबरका विभिन्न सामान सशस्त्र प्रहरी खक्राैलाले
बरामद गरेको छ।
भारतबाट अबैध रूपमा ल्याइएका ती सामानमा हार्डवयर लगायत विभिन्न प्रकारका सामग्रीहरू रहेका छन्। बरामद गरिएका सामानहरूको बजार मूल्य २५ हजार जतिको मात्र भए पनि सशस्त्र प्रहरीले भने १ लाख ६५ हजार ६ सय रुपैयाँकाे रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।
बरामद सामग्रीहरूलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी टिकापुर स्थित सत्ति भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रकाशित : २०८२ बैशाख ९ मंगलवार प्रकाशित