भुकम्पले लियो ज्यान,देशै ध्वस्त पार्यो
प्रकृतीको अघि त्यो दिन दैव पनि हार्यो
अझै आँखा रसाउँछन,सम्झिदा त्यो पल
न त भन्यो झुपडी नै,न त दरबार महल
कति बने टुहुरा त,रित्तियो सयौं काख
जिवनभरको कमाई ,भयो सबै राख
मन्दिर भनेन,मस्जिद भनेन,भनेन चर्च पनि
भुकम्पले चोट दियो,औंला गनी गनी
गाउँघरमा पुरिएका छैन अझै ,भुकम्पका चोटहरु
नेतालाई मात्र चिन्ता,कसरी बटुल्ने भोटहरु
कता थिए राजा उबेला,जनता हुँदा शोकमा
जनता आज भट्काउँदैछन,श्रीपेचको लोभमा
खैर,’बैशाख १२’ हाम्रा लागि सधैं कालो दिन
मौन बसि अर्पण गरौं, श्रद्धाञ्जली एकछीन
-:मोहित श्रीपाइली
प्रकाशित : २०८२ बैशाख १२ शुक्रबार प्रकाशित