लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

शिक्षक आन्दोलनबाट फर्किएका शिक्षक सवार भएको बस माइधारमा दुर्घटना

काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागिता जनाएर फर्किएका शिक्षक सवार प्र. १ -०१-००१ ख ४२३५ नं को यात्रुबाहक बस दुर्घटनामा परेको छ ।काठमाडौबाट झापाको काकडभिट्टा जाँदैगर्दा झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज शनिबार बिहान ४:४० बजे उक्त बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेकाे बसमा मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेको सुरक्षाकर्मीको टोलि घटनास्थलमा पुगेको र घाइते हरुको उद्वार गरी अस्पताल लगिएको इप्रका झिलझिलेले जनाएको छ ।

बसमा सबार यात्रुहरुलाई सामान्य चोटपटक लागेको तथा दुर्घटनामा घाइतेहरुको बिर्तामोडस्थित बीएण्डसी र बिर्तासिटी हस्पिटलमा उपचार हुँदैगरेको तथा सबै घाइतेहरु हाल खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ ।


प्रकाशित : २०८२ बैशाख १३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप