लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

“आमा” जिवनको पहिलो देवता

संसारकै मिठो बोलि र सफा शुद्ध मन भएकी अामा
दुखमा साथ दिने अामा र
सुखमा हाँसी रमाइदिने आमा।
अश्रुको सागर पन्छाएर,
सपनाको झिलमिल उज्यालो देखाउने अामा,
न्यानो काख र मायाको चुलो,
जीवनको पहिलो देवता आमा।
थकाइ नमानी काम गर्ने,

मुटु भित्रै धड्कने अामा
सपना बुनेर हुर्काउने र
जीवनको आधार बनाउने आमा
आफू भोकै बसेर सन्तानलाई पेटभरी खुवाउँने अामा
आफू थकित भएर नि सधैं हाँसेर बोलाउँने अामा,
आफ्ना सपना भुलेर अाफ्ना सन्तानकाे सपना सजाउने अामा,
संसारकै सबैभन्दा निःस्वार्थ रूपमा दिईरहने अामा,
अाफू घरकाे दास दासी जस्ताे भएर अाफ्नाे छाेराछाेरीलाई महाराजा महारानि बनाएर राख्ने अामा,
आमा त केवल शब्द होइन, यिनि भावनाको सागर हुन्,
त्यसैले हरेक बच्चाबच्चीले अाफ्नि अामाहरुलाई कदर र माया गराै र बुढेसकालमा साथ सहयाेग दिने गराै।।

-स्मृति राठौर


प्रकाशित : २०८२ बैशाख १४ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप