लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ति पुगेर खाए प्रचण्डले अछामि परिकार

सत्ति / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेस जागरण अभियानको क्रममा सत्ति पुगेका बेलामा अछामि परिकारको स्वाद लिएका छन् ।

तराई मधेस हुलाकी राजमार्ग केन्द्रित जनतासंगको माओवादी तराई–मधेस जागरण अभियान अन्तरगत कैलालीको सत्ति पुगेको बेला पार्टीका नगर अध्यक्ष धनसिंह साउँदकाे घरमा मंगलबार बिहान अछामी समुदायको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला खाएका छन् । साउँदकाे घरमा बास बसेका अध्यक्ष प्रचण्डको टोलीले अछामी परिकार खाजा खाएको नगर अध्यक्ष साउँदले बताए ।

‘अछामी समुदाय को पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको परिकार खुवाइएकाे थियो,’ उनले भने, ‘भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ । तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा उसिनिन्छ । डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरेर वाफ दिएको लोकप्रिय परिकार हो । स्थानीय संस्कृतिको सम्मान स्वरूप बिहानिकाे खाजा स्वरुप साे परिकार पस्किएकाे उनलेे जानकारी दिए ।’

प्रचण्ड सहितको नेता तथा कार्यकर्ताकाे टोलीले सत्तिमा मर्निङ वाक गरेको थियाे त्यस पछि सहिद परिवारलाई भेट गरेका थिए । अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,नेताहरू पम्फा भुसाल ,अग्नि सापकोटा , देव गुरुङ ,नन्दकिशोर पुन,लेखराज भट्ट टोलिमा रहेका छन् ।

आजै कैलालीको कैलारि गाउँपालिका खबरदारी सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ भने भाेलि कञ्चनपुरको भीमदत्त नगर पुगेर अभियान समापन हुनेछ ।


प्रकाशित : २०८२ बैशाख १६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप