लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

रेशम चौधरीलाई पक्राउ गर्ने पत्र आफै लेखेर प्रहरी र डिल्लीबजार कारागार पुगेका थिए विष्ट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्ने अनधिकृत पत्र लेखेर सर्वोच्च अदालतका मुद्दा तथा रिट महाशाखाका महिममाम सिंह विष्ट आफै प्रहरी र डिल्ली बजार कारागार पुगेको खुलेको छ।

रेशमलाई पक्राउ गर्ने पत्र तयार गरेर बुधबार बिहान विष्ट आफै जिल्ला प्रहरी परिसर काठमाडौं र कारागार कार्यालयमा पुगेका थिए।

सोही पत्रका आधारमा कमलादीबाट रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। चौधरी नाउपा-जनमत पार्टी एकता घोषणा सभाका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा पुगेका थिए।

प्रहरीले चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर हुँदै डिल्लीबजार कारागार बुझाएको थियो।

तर चौधरी के आधारमा पक्राउ परे भन्नेबारे राजनीतिक वृत्त र सर्वोच्चभित्रै तरंग ल्याएको थियो। सर्वोच्चले पत्र लेख्ने विष्टमाथि केरकारसमेत गरेको थियो।

सर्वोच्चले आन्तरिक छानबिन गरी बुधबार अपराह्न विष्टलाई प्रहरीको जिम्मामा लगाएको छ। उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उनी करिब डेढ वर्षदेखि सर्वोच्च अदालतमा कार्यरत थिए। दार्जुला घर भई पछिल्लो समय भक्तपुर बस्दै आएका उनले किन पत्र लेखे भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ।

यसबीच सर्वोच्चले प्रारम्भिक रूपमा गरेको आन्तरिक छानबिनमा विष्ट आफैले प्रहरी र डिल्लीबजार कारागार पुगे‍र पत्र बुझाएको सर्वोच्च स्रोतको भनाइ छ।

“उहाँ आफैले दुवै ठाउँमा पत्र लिएर जानुभएको रहेछ,’ स्रोतले भन्यो।


प्रकाशित : २०८२ बैशाख १७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप