नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणको प्रकृया शुरु नहुदै बुधवार प्रज्ञा भवन काठमाण्डौंबाट सादा पोशाकका प्रहरीले रेशमलाई पक्राउ गरेको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा ८ जना सुरक्षाकर्मी र नाबालकको हत्या भएको घट्नामा संलग्न भएको आरोपमा यसअघि आफैले गरेको फैसलालाई सदर गर्दै सर्वोच्च अदालत बुधवार रेशमलाई पक्राउ गर्ने फैसला गरेको थियो ।
टीकापुर घट्नामा रेशमलाई २० वर्ष कैद फैसला सुनाएको थियो । सर्वोच्च अदालतको उक्त फैसलापछि कारागारमा सजाय काटिरहेका रेशमलाई सरकारले आममाफी दिदै कारागारबाट मुक्त गरेको थियो ।
टीकापुर घटनाका सन्दर्भमा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई सरकारले सरकारले दिएको आममाफी बदर गर्दै बुधवार सर्वोच्च अदालतले कारागारमै राख्नु भन्ने आदेश गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारको जिम्मा लगाएको हो ।
रिगल ढकालको घट्नालाई नजिर बनाउदै सर्वोच्चले बुधवार रेशमको हकमा गरेको फैसलाका आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ ।