लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ पर्दा अध्यक्ष रञ्जिता श्रेष्ठ त्यहाँ देखिएकी छैनन्।

नाउका संरक्षण चौतारीलाई अहिले प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ। जनमत र नाउपा पार्टी घोषणा हुने कार्यक्रम भएपनि अहिलेसम्म रञ्जिता श्रेष्ठ कार्यक्रम स्थल नपुगेका र श्रीमान पक्राउ पर्दा पनि उनी त्यहाँ नदेखिएको नेताहरूको भनाइ छ ।

यसबारे श्रेष्ठले अहिलेसम्म मुख खोलेकी छैनन् । श्रेष्ठ निकट स्रोतका अनुसार उनी काठमाडौँमै भएको तर कार्यक्रम स्थलमा नपुगेको बताइएको छ।

टीकापुर काण्डका मुख्य आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेल मुक्त भएका थिए। सर्वोच्च अदालतले त्यसको फैसला कार्यान्वयन गर्दै पुन चौधरीलाई पक्राउ गर्न आदेश दिएको बुझिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्टयाएपछि उनी पक्राउ परेका हुन् ।

‘आममाफीको फैसला सर्वोच्चले उल्टयाएपछि उनलाई पक्राउ गरिएको हो ।’ बोहराले भने, ‘हामीलाई पक्राउ गर्ने आदेश दिएपछि हामीले पक्राउ गरेर डिल्लीबजार कारागारमा सुरक्षित उहाँलाई बुझाएका छौं।’

आज जनमत र नाउपाबीच पार्टी एकीकरणको तयारी भइरहेका बेला चौधरी पक्राउ परेपछि कार्यक्रम नै स्थगित भएको छ ।


प्रकाशित : २०८२ बैशाख १७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप