लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णालीको पनि जिम्मेवारी

कैलाली/सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिकाको निजी भ्रमणमा जाने भएपछि कर्णाली प्रदेशको पनि जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुखले नै पाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराई एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पनि सुदूरपश्चिम प्रदेश प्रमुखलाई दिइएको जनाएका छन् । उक्त विज्ञप्तिमा सोमबारदेखि १३ गतेसम्म कर्णाली प्रदेश प्रमुख जोशी अमेरिका जाने उल्लेख गरिएको छ । यो बिचमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आए प्रदेश प्रमुख मियाँले नै प्रस्तुत गर्ने छन् ।

केही दिनमा प्रदेश प्रमुख मियाँ कर्णाली प्रदेश प्रस्थान गर्ने उनका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।


प्रकाशित : २०८२ जेष्ठ ५ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप