लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

धनगढीको एक सरकारी स्कुल जहाँ : चार विद्यार्थीलाई ३ शिक्षकले पढाउँछन्

सत्ति/कैलालीको धनगढी –१४ स्थित खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालय संकटमा परेको छ। शैक्षिक सत्र २०८२ मा विद्यालयमा जम्मा चार जना मात्र विद्यार्थी भर्ना भएका छन्।

बालविकासदेखि कक्षा ३ सम्म पठनपाठन हुने यो विद्यालयमा हाल कक्षा १ मा दुई जना र कक्षा ३ मा दुई जना छात्र मात्र रहेका छन्। बाँकी कक्षामा विद्यार्थी शून्य रहेको विद्यालयका प्रधानाध्यापक रासबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार गत चैत महिनादेखि शिक्षक आन्दोलन चलिरहेकाले “अब विद्यालय नै बन्द हुने” भन्ने अफवाह गाउँमा फैलियो। यसकै कारण अभिभावकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएको बुढाको भनाइ छ। उनले भने, ‘विद्यार्थी भर्ना गर्ने बेला आन्दोलन चलिरहेको थियो, विद्यालय पनि लामो समय बन्द भयो। हामी अब स्थानीय सरकारले जे निर्णय गर्छ, त्यसलाई मान्न तयार छौं।’


प्रकाशित : २०८२ जेष्ठ ८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप