लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार प्रमुख कुटेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र नगर प्रहरी हवल्दार मणिदत्त भट्ट छन् ।

धामीलाई कञ्चनपुरकाे झलारी र अन्य तीन जना धनगढीबाट सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शीर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख भन्सार अधिकृत तिमिल्सना माथि कुटपिट गरेका थिए । उनीहरूले कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ ।

नगर प्रहरी निरीक्षक धामीलाई धनगढी उपमहानगरपालिकाले समेत २४ घण्टे स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

साभार : अनलाइन खबर


प्रकाशित : २०८२ जेष्ठ १२ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप