लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

सत्ति / जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्ने बानीलाई तोड्दै काठमाडौं मैतिदेवि बस्ने सामाजिक अगुवा रुपा शाही बास्तोलाले उदाहरणीय काम गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसरमा सुदुर पश्चिमकाे कैलालीका विद्यार्थीहरूलाई बुधबार शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।

जिल्लाको टिकापुर नगरपालिका-७ जनता राष्ट्रिय माध्यमिक विद्यालय बैदिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो । बालबालिकाहरूलाई पढाइमा सहयोग पुगाेस भनि साे शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

जनता राष्ट्रिय माविका बालविकास देखि ८ मा अध्ययनरत १५० जना विद्यार्थीलाई एक कार्यक्रमका बिच कापी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो । जसमध्ये बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई ड्रइङ कपि र कलर पेन्सिल पनि प्रदान गरिएको थियोे ।

यसैगरी साेहि विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थीलाई नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व मुख्य प्रशिक्षक दिपकराज शाहीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ ।

सामुदायिक विद्यालयकाे शिक्षाप्रती बालबालिका हरु लाई प्रेरित गर्ने उदेश्यले शैक्षिक सामग्री प्रदान गरिएको बताउनु भएको छ । समाजसेवी रुपा शाही बास्तोला र नेपाली फुटबल टिमका पुर्व राष्ट्रिय मुख्य प्रशिक्षक दिपकराज शाहीले १ सय ८० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

पछिल्लो समयमा होटल तथा रेष्टुरेन्टमा केक काटेर जन्मदिन मनाउनेहरुको भिडमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनु सिर्जनात्मक र सराहनीय काम भएको जनता राष्ट्रिय माध्यमिक विद्यालय बैदिका प्रधानाध्यापक किरण धितालले बताउनुभयो ।

जन्मदिनमा हजार्रौं रुपैयाँ अनावश्यकरुपमा खर्चिनेहरुलाई पनि यस्तो शैली अपनाउनु पर्ने नेत्र बहादुर साउँदले बताउनुभयो । जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय भएको साउँदले बताउनुभयो ।

साे कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य राजकुमार चाैधरि, जनता राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक किरण धिताल, सत्ति भन्सार कार्यालयका नायब सुब्बा पदमराज भट्ट ,किवानिज क्लब अफ टिकापुरका निवर्तमान अध्यक्ष भिम विक ,किवानिज क्लब अफ टिकापुरका अध्यक्ष बिरबहादुर चाैधरि, किवानिज क्लब अफ टिकापुरका उपाध्यक्ष सर्पराज साउँद, समाजसेवी नेत्र बहादुर साउँद, साे विद्यालयका शिक्षक शिक्षिका लगायतको सहभागीता रहेको थियो ।


प्रकाशित : २०८२ जेष्ठ १४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप