बैदि / टिकापुर ७ स्थित प्रहरीले विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोग बारे शुक्रबार सचेतना कक्षा संचालन गरेको छ । भने अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिले विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ। जनता राष्ट्रिय माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई साे सचेतना कक्षा सञ्चालन गरेको हो।
प्रहरी चाैकि सत्तिका इन्चार्ज यज्ञराज पन्तले सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने यसका फाइदा र बेफाइदा , साइवर अपराध के हो र कानुनी व्यवस्थाका बारेमा र अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिका इन्चार्ज प्रहरी हवल्दार माेहन भट्टले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए।
“सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुर्याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ”, उनले भने । ट्राफिक नियमको बारेमा विद्यालय स्तरबाटै ट्राफिक सचेतना कार्यक्रम गरिनु सराहनीय काम भएको विद्यालयका प्रधानाध्यापक किरण धितालले बताए।
‘विद्यार्थीले सिकेका ज्ञान र सिपलाई उनीहरुले घरपरिवार, समाज र समुदायमै छिटो र प्रभावकारी रुपमा सूचना प्रभावह हुन्छ उनलेे भने ।’
सामाजिक सञ्जालको प्रयोग र ट्राफिक सचेतना कार्यक्रम सबैको लागि आवश्यक रहेको बताउँदै विद्यार्थीलाई सानै उमेदरदेखि सतर्क बनाउन पनि विद्यालयमा सचेतना कार्यक्रम गरिनुले व्यवहारिक ज्ञान उपयोगी भएकोले साे कार्यक्रमकाे आयोजना गरिएको किवानिज क्लब अफ टिकापुरका अध्यक्ष वीर बहादुर चाैधरिले बताए।
‘ उनलेे भने : विद्यार्थीहरुले पाएको ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुनेछन् ।विद्यार्थी सूचनाका संवाहक हुन्। उनीहरुबाट छिटै परिवर्तन ल्याउन सकिन्छ।’
कार्यक्रमको सहजीकरण प्रहरी चौकी सत्ती र अस्थाई ट्राफिक प्रहरी पोष्ट,सत्तीले गरेको थियो भने कार्यक्रमको आयोजना किवानिज क्लब अफ टीकापुरले गरेको थियो ।