काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पुगेको छ ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पठाएको हो ।
नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारको पत्र संसद सचिवालयमा आइपुगेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
यसअघि अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल सहित ९३ जना विरुद्ध पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ ।