सत्ति / पछिल्लो समयमा टिकापुर ७ सत्ति प्रहरीले प्रहरी बिटमा ड्युटीमा रहेका केही प्रहरीले चेकजाँचका नाममा सर्वसाधारणलाई सास्ती दिने गरेको आम नागरिकले बताएका छन् ।
हिजो (शुक्रबार) एक महिला माथि ड्युटीमा रहेका पुरुष प्रहरीले टिकापुर घर भएको राजकुमारि कुँवर लाई दुर्ववहार गरेको बताइएको छ । टिकापुर बाट शुक्रबार साँझ पाँच बजे तिर स्कुटिमा खक्राैला तर्फ जाँदै गरेकाे टिकापुरकि एक महिलालाई प्रहरी चाैकि सत्तिमा कार्यरत प्रहरी सहायक हवल्दार सुरेन्द्र बोहराले दुरव्यवहार र ईन्चार्ज यज्ञराज पन्त हातपात गरेको प्रत्यक्षदर्शिले बताएका छन् ।
प्रत्यक्षदर्शिका अनुसार टिकापुर बाट राताे स्कुटि करिब १४/१५ वर्षका बालकले स्कुटि चलाएका थिए भने स्कुटिकाे पछाडि महिला बसेकि थिइन् । ड्युटीमा रहेका प्रहरी सहायक हवल्दार सुरेन्द्र बोहराले स्कुटिकाे कागजात माग्दा पछाडि सवार महिलाको लाइसेन्स र ब्लु बुक सबै दुरुस्त हुँदाहुँदै पनि लाइसेन्स नभएको मान्छेले स्कुटि किन चलाएको भन्दै विवाद हुँदा भनाभन भयो । महिलाले प्रहरी हवल्दारलाई ‘तँ’ भनेर सम्बोधन गरिन । उनीहरुबीच विवाद भएपछि नजिकै रहेका सई पन्त आए । उनी प्रहरीको उनिफर्ममा थिएनन् । महिलाका अनुसार सई पन्तले आउने बित्तिकै हातपात गरे,लछारपछार गर्दै प्रहरी बिटमा थुने । महिलाले सई पन्तको परिचय मागिन । उनले आफू प्रहरी भएको बताए । महिलाले उनिफर्ममा नभएका कारण प्रहरी नहुन पनि सक्छ भनिन् । प्रत्यक्षदर्शिले लछारपछार गर्दा बालक र महिलालाई चाेटपटक समेत लागेको बताए ।
चेकजाँच गरे पनि महिलालाई महिला प्रहरीले नै गर्नुपर्ने उनको भनाइ रहेको छ । सुदुर सन्दर्भकर्मि घटना स्थलमा पुग्दा आफू प्रेसर काे बिरामी भएकोले ड्युटीमा रहेकाे प्रहरीलाई ममाथि किन पुरुष प्रहरीले दुर्ववहार गरेकाे , गाडीको कागजात सबै दुरुस्त हुँदा पनि हातपात के कति कारणले गरेको भनेर प्रश्न गरेको उनको भनाइ रहेको थियो ।
उक्त घटनाको बारेमा भिडियोमा देखिएका प्रहरी चाैकि सत्तिका ईन्चार्ज यज्ञराज पन्तलाई बुझ्न खाेज्दा चेक गर्ने क्रममा ड्युटीमा रहेको प्रहरी माथि अपशब्द बाेलेकाेले साेहि अनुसारको कानुन बमोजिम कार्वाहीका लागि मुद्दा चलाउन इलाका प्रहरी कार्यालय चलान गरिएको बताए ।
चेकजाँचका नाममा सर्वसाधारण माथि गरिने दुर्ववहार तथा हातपातका घटनाले समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासमा पनि असर पार्ने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
सत्ति प्रहरीले खैरिपुर बिट बाट गरिने “चेकजाँचका नाममा नागरिकलाई सास्ती” दिने प्रहरीको प्रवृत्ति पछिल्ला समयमा बढ्दो रहेको स्थानीय व्यापारीहरुकाे व्यापक गुनासो छ । सार्वजनिक स्थलहरूमा हुने यस्ता गतिविधिहरूले सर्वसाधारण नागरिकलाई मानसिक र शारीरिक तनाव हुने तर्फ प्रहरीले सजगता अपनाउनुपर्ने टिकापुर ९ स्थानीय ओमप्रकाश चाैधरिले बताए ।
सिमा क्षेत्र बाट व्यापार गर्ने नेपाली र भारतीय व्यापारी बाट बाइकका लागि मासिकरुपमा पेट्रोल माग्ने गरेको जनगुनासाे हुँदाहुँदै महिला माथि पुरुष प्रहरीले सार्वजनिक स्थलमा दुर्ववहार गर्नु लैंगिक संवेदनशीलता र मानवअधिकारकाे हनन् भएको स्थानीयकाे आराेप रहेको छ ।
प्रहरीको चेकजाँच गर्ने अधिकार भए पनि मानव अधिकारको सम्मान, शंका पुष्टि गर्ने आधार, र नागरिकसँग मर्यादित व्यवहार गर्नुपर्ने हुन्छ कानुन व्यवसायी सर्जु प्रसाद चाैधरिले बताए ।
जब प्रहरी कार्यशैली अनुशासन बाहिर जान्छ, त्यो दुःशासन, दमन र दुरुपयोगको संकेत दिन्छ । यसमा प्रहरीको जवाफदेहिता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ रहेको छ ।
यस्ता घटनाले प्रहरी संगठनभित्रको अनुशासन, मानव अधिकारको सम्मान, र लैङ्गिक संवेदनशीलता सम्बन्धी गम्भीर प्रश्न उठाउने उनको भनाइ रहेको छ।
सत्ति प्रहरीको बिटको चाेकमा सिसिटिभि जडान गर्नुपर्ने टिकापुर ९ का टाँगे चाैधरिले बताए । यसले नागरिक र प्रहरीलाई पनि चेकजाँचमा सहयोग पुग्नेछ उनलेे भने ।
फोटो: Ai बाट बनाइएको