कैलालीमा सर्पको टोकाइबाट एक महिलाको निधन भएको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी पार्वती अवस्थिको बिहीवार सर्पको टोकाईबाट मृत्यु भएको हो ।
सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी कैलालीको गोदावरी नगरपालिका–८ श्रीपुरमा रहेको शारदा माविमा कार्यरत थिइन ।
प्रकाशित : २०८२ जेष्ठ ३० शुक्रबार प्रकाशित