लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर नगरपालिका नगर कार्यपालिकाले विकास बजेट अनुशासन र पद्धति अनुसार खर्च नगरेको भनी गुनासो

सत्ति/टीकापुर नगरपालिका नगरकार्य पालिकाले विकास बजेट अनुशासन र पद्धति अनुसार खर्च नगरेको भनी गुनासो भएको छ । नगरपालिकाले बजेटलाई अबन्डा राखेर खर्च गर्ने, उपभोग खर्च बढाउने र सोझै खरिद कार्यमा व्यापक खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन मार्फत यस्ता तथ्य सार्वजनिक भएका हुन् । टीकापुर नगरपालिका नगर कार्यपालिकाले १० करोड ६२ लाख ६८ हजार रुपियाँ कार्यपालिका बैठकको निर्णयबाट खर्च गरेको छ ।

“कुल बजेटको १५ प्रतिशत बजेट अबन्डा राखी बैठक बाट निर्णय गरेर खर्च भएको छ,” प्रतिवेदनले भनेको छ, “यो नगरपालिकामा बजेट अनुशासन र पद्धति भएन ।” बजेट निर्माण प्रक्रियामा नै नगएको र टीकापुर नगरपालिकाले बजेट सीमा निर्धारण समिति पनि गठन गरेको छैन । 

यता बजेट कार्यक्रम तर्जुमा गरेको छैन, उता सभामा विस्तृत विवरण प्रस्तुत नै नगरिकन नगर कार्यपालिकाले सभा छलेर १५ प्रतिशत बजेट बाँडेको छ । टीकापुर नगरपालिकाले खाना, खाजा र सभा सञ्चालनमा ५६ लाख १७ हजार रुपियाँ खर्चेको छ । कार्यालय सामग्री र मसलन्द खरिदमा ६६ लाख ४१ हजार खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

कागजातै पेस नगरेको टीकापुर सामुदायिक अध्ययन केन्द्रलाई ५ लाख भुक्तानी दिएको छ भने सेतो कागजमा भरपाई गरेका आधारमा २८ लाख ३५ हजार सात सय रुपियाँ भुक्तानी दिएको पाइएको छ । यसलाई महालेखाले अनौपचारिक कारोबार भनेको छ । 

यस्तै टीकापुर महोत्सव लगायतका १२ वटाका संस्थालाई १८ लाख ५१ हजार रुपियाँ प्रदान गरेकोमा यसलाई वितरणमुखी बजेट भन्दै रोक्न सुझाव दिएको छ । नगरपालिकाले एक आर्थिक वर्षमा एक करोड ४२ लाख २९ हजार रुपियाँका ठेक्कापट्टा सोझै खरिद गरेको छ ।

 प्रतिस्पर्धा गरेको ठेक्कामा ३६ प्रतिशत देखि ४३ प्रतिशतसम्म घटेर ठेक्का लागेका छन् । महालेखाले नगरपालिकाको सटर भाडा नउठ्नु, पार्क प्रवेश शुल्कको एक लाख ५३ हजार पाँच सय रुपियाँको हिसाब नदेखिनु र नगरप्रमुखले तीन दिनभन्दा लामो भ्रमण कार्यपालिकाबाट आफैँले स्वीकृत गर्ने गरेको कामलाई आन्तरिक नियन्त्रण प्रणाली नभएको भनिएको छ ।
 
अचम्मको कुरा त के छ भने टीकापुर नगरपालिकामा आन्तरिक लेखा परीक्षण शाखा नै खुलेको छैन । नगरपालिकाको कुल बजेटको ६५.७९ प्रतिशत बजेट चालु खर्च भएको र  २४.४२ प्रतिशत बजेट मात्र पुँजीगतमा खर्च भएको छ । 

उपभोग र प्रशासनिक खर्च बढाएर पुँजीगत खर्च खुम्चिनु नगरपालिकाको कुशल व्यवस्थापन नभएको, आमजनताका आकाङ्क्षा पूरा नहुने देखिएको सामाजिक अगुवा जगदीश्वर पण्डित बताउछन् । 

आन्तरिक आय लक्ष्यभन्दा १३.१६ प्रतिशत घटी छ करोड ४६ लाख ७७ हजार रुपियाँ प्राप्त गरेको नगरपालिकाले यसको ठुलो अंश उपभोगमा खर्च गरेको छ ।


प्रकाशित : २०८२ असार १ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप