लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टिकापुर ८ मा वृद्धवृद्धा लाई कम्बल सहयोग

बटनपुर / टिकापुर नगरपालिका वडा नम्बर ८ ले वडाका वृद्धवृद्धालाई चिसो बाट बच्न न्यानो कपडा ( कम्बल ) सहयोग गरेको छ ।

बटनपुर स्थित वडा कार्यालय परिसरमा बुधबार एक कार्यक्रमका बिच वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाले कम्बल वितरण गरेका हुन ।
वडा कार्यालयकाे १ लाख रुपैयाँ बाट वडामा रहेका ७८ वर्ष माथिका ८० जना वृद्धवृद्धालाई जाडो बाट बच्न कम्बल सहयोग गरिएको ठकुल्लाले बताए ।
बुधबार ३५ जनालाई कम्बल वितरण गरिएको र बाँकी बिहीबार वितरण गरिने वडा सदस्य पहल साउँदले जानकारी दिए ।
वडाका वृद्धवृद्धाकाे लागि चिसो बाट बच्नका लागि कम्बल प्रदान गरेकोमा स्थानीय वृद्धा भानादेवि साउँदले खुशी व्यक्त गरिन । ज्ञान र अनुभवका खानि वृद्धवृद्धालाई न्यानो कपडा सहयोग गर्नु सराहनीय काम भएको सत्ति कर्णाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धनसिंह साउँदले बताए ।


प्रकाशित : २०७८ माघ ५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप