लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

लागुऔषध कारोबारी समात्न गएका प्रहरीले मोबाइल चोरे

सन्दर्भ डेस्क ,सत्ति / धनगढीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी हिरासतमा परेका छन्।

प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा प्रहरी टोली पुगेको थियो। कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो।

त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउनसुगर सहित समातिएका थिए।
प्रहरी टोलीमा गएका माल र बुढाले एक-एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ। ‘उनीहरूबाट एउटा-एउटा मोबाइल चोरी भएको फुटेजमा देखियो, ती मोबाइल बरामद भइसकेको छ,’ अधिकारीले भने।


प्रकाशित : २०७८ माघ ७ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप