लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

प्रहरी चाैकि कालाकुण्डामा चल्यो गाेलि

बैदि / टिकापुर ७ बैदि स्थित प्रहरी चाैकि कालाकुण्डामा कार्यरत एक प्रहरी जवान ड्युटीमा रहेको अवस्थामा बन्दुक पड्केकाे छ ।

टिकापुर नगरपालिका वडा नम्बर २ घर भएका प्रहरी जवान झंकर बाेहराले राति १ बजेर ३० मिनेटमा ड्युटीमा रहेको अवस्थामा साथमा रहेको एसएलआर राइफल चलाउँदा बन्दुक पड्केर घाइते भएको जानकारी प्राप्त भएको छ ।
केही दिनको विदा बसेर चाैकिमा राति ड्युटीमा रहेको बेला साथमा रहेको बन्दुकले आत्महत्याकाे प्रयास हुनसक्ने आशंका गरिएको स्रोतले जानकारी दिएको छ । घाइतेको चिउँडाेमा चाेट लागेकाे बताइएको छ ।
यसबारे जानकारी लिन खाेज्दा इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले पारिवारिक कारणले आत्महत्याको प्रयास गरेको हुनसक्ने बताए । घाइते बाेहरालाई नेपाल प्रहरीको अस्पताल काठमाडौंमा उपचारका लागि पुगाइ सकिएको र खतरा मुक्त रहेको जानकारी सापकोटाले दिए ।


प्रकाशित : २०७८ फाल्गुन २२ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप