लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

लागूऔषध सहित एक सिमाबाट समातिए

खक्राैला / कैलालीको दक्षिणपुर्वी क्षेत्र खक्राैला नाकाबाट प्रतिबन्धित औषधि सहित एक युवा पक्राउ परेका   छन् ।
उनलाई प्रहरी चाैकि कालाकुण्डाले आइतबार साढे पाँच बजे खक्राैला बाट टिकापुर नगरपालिका वडा नम्बर १ बाढीपीडित शिविरका का २६ वर्षका करण पुनलाई नाइट्राभेट ३ ट्याब्लेट, स्पाम पिआरएसटि ८ वटा प्राेक्सि वेल स्पास १५ ट्याब्लेट सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।
भारतीय बजार तिकुनियाँ नेपाल फर्कदै गर्दा प्रहरी चाैकि कालाकुण्डाकाे खक्राैला स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ती युवा बाट ट्याब्लेट चाउचाउकाे खाेलमा राखेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
हालै सरुवा भएर टिकापुर प्रहरीको कमान्ड सम्हाल्न आएका डिएसपी हेमबहादुर शाहीले पत्रकारहरु संगकाे परिचयात्मक कार्यक्रममा लागू अाैषध नियन्त्रणमा आफ्नो ध्यान जाने बताएका थिए ।
टिकापुरमा लागू अाैषधकाे जालाे भत्काउनमा प्रहरीलाई नागरिक समाजको सहयोग भए प्रहरी सफल हुने डिएसपी शाहीले बताए ।
ती युवालाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय टिकापुर पठाइएको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र चन्दले जानकारी दिए ।
पछिल्लो समयमा सिमानामा लागुअाैषधमा प्रहरीले कडाइ गरेको अवस्थामा भारतीय बजार सम्म पुगेर सेवन गर्ने गरेको बताएको छ ।


प्रकाशित : २०७९ बैशाख ५ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप