लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

चित्र लक्ष्मीको “हामी मरिचेहरु “

✏️चित्र लक्ष्मी -टीकापुर/
भन्न नसकेर नभनिएका कुरा पनि हुन्छन्
सुन्न नसकेर थन्किएका कुरा पनि हुन्छन्
कुरैकुराको दोहोरीमा
बाजी जसले पनि हत्त्याउँछ
कर्णालीलाई जमराले लत्त्याउँछ।

यो धर्ती
आधाआधी हो
यो आकाश साझासाझी हो।
आँखा खोल्दा आँखाले आयतन माग्यो
भुराखानीतिर यो ज्यानले क्षेत्रफल माग्यो।

मागेरै चलेको छ जिन्दगी
थापेरै चलेको छ दैनिकी
अनि,
बातमा बात किन
कुरामा कुरा किन?

मासी नबसेका हाडहरू
त्यो बालेन हुनसक्छ
त्यो हर्क हुनसक्छ
त्यति कमाल देखाउने
मेरै छिमेकी गोपी हमाल हुनसक्छ ।

तर,
मतदान गरेर
मरिच बनेकाहरूको मुखमा घन्केको छ
-भुस्याहालाई एउटा गतिलो कल्लू चाहिएको छ
-महाभुस्याहालाई चाणक्य ऊल्लु चाहिएको छ।


प्रकाशित : २०७९ जेष्ठ २२ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप