लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

रकम अभावमा क्यान्सर संग जुध्दै १२ वर्षे बालक

सत्ति / टिकापुर ७ सत्तिका एक बालक रकम अभावको कारण क्यान्सर राेग संग लडिरहेका छन् ।
सत्ति ( राम मन्दिर नजिकै ) स्थित सन्तोष चाैधरिका १२ वर्षका छाेरा समीर चाैधरि लाई क्यान्सर राेग भएको बताइएको छ । उनको शारीरिक चेकजाँच गर्दा डाक्टरले क्यान्सरको शिकायत भएको स्थानीय युवा महेश रावलले जानकारी दिएका छन् ।
राम मन्दिरमा धार्मिक कार्यक्रम गर्नका लागि घर घरमा सहयोग रकम जुटाउने क्रममा समिरकाे बारेमा जानकारी भएको स्थानीयकाे भनाइ छ । उनको शारीरिक अवस्था देख्दा उनलाई स्थानीय युवाले साथीभाइ बिच रकम उठाइ बुधबार टिकापुर अस्पतालमा चेकजाँचका लागि लिएको महेश रावलले बताए । cancer victimchild with hermother
उनलाई क्यान्सर भएको र साे उपचारको लागि भरतपुर क्यान्सर अस्पताल चितवनमा जाने सल्लाह दिएको उनको उपचारका लागि पहल लिएका महेश रावलले बताए । बालकका बाबु सन्तोष र आमा रिमाले मजदुरि गरेर खाने भएकोले उपचारमा लाग्ने खर्च नभएर घरमै राेग पालेर बसेकाे युवा सराेकार समुहका अध्यक्ष सन्तोष नेपालीले सुदुर सन्दर्भ डटकमलाई बताए ।
सन्तोषकाे उपचारका लागि युवा सराेकार समूह सत्ति मार्फत अभियान थालिने स्थानीय युवा महेश रावलले बताए ।


प्रकाशित : २०७९ श्रावण ११ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप