लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कैलालीको टिकापुरमा बास नेपालकाे उपशाखा विस्तार

सत्ति /स्थापनाकाे सुरुवाती समयमा सरकारि निकायमा हुने ढिलासुस्ती ,भ्रष्टाचार विरुद्ध शसक्तरुपमा प्रस्तुत हुने गरेको बागेश्वरी असल शासन क्लब ( बास) नेपालकाे कैलालीको टिकापुरमा उपशाखा गठन गरिएको छ । साेमबार टिकापुरमा युवाहरुकाे भेला बाट कपिल बिष्टको अध्यक्षतामा समिति गठन भएको छ ।

जस्काे उपाध्यक्ष शान्ता कुमाल ,सचिव अनमोल अयडी ,सह-सचिव मोनिका श्रीपाइली ,कोषाध्यक्ष खगेन्द्र चोखाल रहेका छन् भने सदस्यहरुमा दुर्गा जयगडी, अमृता बोहरा, सुस्मिता डगौरा र कविता देवि बिष्ट रहेको जानकारि प्राप्त भएको छ ।
साे कार्यक्रममा बास नेपालका प्रदेश सहसंयाेजक कुबेर खड्का ,प्रदेश नं १ का संयाेजक सुमन पनेरु, नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समितिका सदस्य भिम विक लगायत टिकापुरका अन्य क्रियाशील पत्रकारहरुकाे उपस्थिति रहेको थियो ।

बास नेपाल टिकापुर उपशाखाकाे सल्लाहकार संयाेजकमा भीम वि. क. रहेका छन् भने सदस्यहरुमा झलनाथ खनाल र सर्पराज जोशी रहेका छन् । बास नेपालले टिकापुर नगरपालिका लगायतका आसपासका स्थानीय तहमा युनिसेफकाे सहयोगमा बाल संरक्षण कार्यक्रम संचालन गरेको छ ।


प्रकाशित : २०७९ आश्विन ३ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप