दाङको बबई गाउँपालिका वडा नं. ३ स्थित वनमा एक बालिका मृत भेटिएकी छन् ।
साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई–३ सल्लीकोट निवासी १४ बर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उनको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।
परिवारले घटना संकास्पद भएकाले सत्यतथ्य छानविनको माग गरेका छन् । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।


समाचार 