लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

रसुवामा याक तथा चौरी महोत्सव हुने

रसुवा / ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आमाछोदिङमो गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वतीकुण्डमा ‘याक तथा चौंरी महोत्सव’ हुने भएको छ ।
हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हिमाली क्षेत्रमा चौँरी महोत्सव हुने भएको हो ।

चौँरीपालनलाई व्यवसायिक बनाउँदै पर्यापर्यटन विस्तार र चौँरीको दूधबाट उत्पादन हुने चिज, घिउ, छुर्पीलगायतका उत्पादनको बजारीकरण व्यवस्थित गर्ने लक्ष्य सहित वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवमा उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने महोत्सव मूल समितिका संयोजक तथा आमाछोदिङमो गाउँपालिका ३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए । उनले भने, “यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत कृषि र पशुपालन भएकाले महोत्सवबाट किसानलाई हौसला मिल्ने अपेक्षा गरिएको छ ।”
गतलाङ क्षेत्रमा मात्र करिब एक हजार ३ सय भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी छन् । महोत्सव अवधिमा चौँरीजन्य परिकारको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसार सँगै परम्परागत उपचार विश्वासानुसार चौँरीको रगत सेवनको व्यवस्था समेत मिलाइने जनाइएको छ ।
यो क्षेत्रका किसानले चौँरीसँगै भेडाबाख्रापालन पनि गर्दै आएका छन् । भेडाको ऊनबाट घरेलुस्तरमै राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री उत्पादन गरिँदै आएको छ । यसको प्रदर्शनी तथा बजार विस्तारमा जोड् दिने स्थानीय फुर्पुसिङ्गी तामाङ बताउछन् ।
स्थानीय किसान मार लामा भन्छन्, “गतलाङका बासिन्दाको मुख्य आम्दानी चौँरीको दूधबाट बनेका परिकार, ऊनजन्य सामग्री, लेकाली आलु, बन्दा, सिमीलगायत कृषि उत्पादनबाट हुने गरेको छ ।”
पछिल्ला वर्षमा किसानहरु आलु उत्पादन पछि सिमी रोप्ने परम्परागत अभ्यास परिवर्तन गर्दै बढी आम्दानी दिने बन्दा खेतीमा आकर्षित भएका छन् ।
तामाङ सम्पदा मार्गमा पर्ने गतलाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दो छ । स्थानीयस्तरमा सञ्चालित होमस्टे सेवाले आम्दानी बढाउन सहयोग पु¥याएको छ । यहाँ आउने पाहुनालाई सिस्नोको तरकारी, सिमीको दाल, मकै, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुजस्ता परम्परागत खानाले विशेष आकर्षण पैदा गराइएको स्थानीयवासीले बताएका छन् ।
समुद्र सतहदेखि २ हजार ५०० मिटर उचाइमा रहेको पार्वतीकुण्ड धार्मिक तथा प्राकृतिक दृष्टिले समेत महत्वपुर्णस्थल हो ।

याक तथा चौँरी महोत्सवले हिमाली संस्कृति संरक्षणसँगै किसानलाई प्रत्यक्ष प्रोत्साहन दिने विश्वास गरिएको समाजसेवी मिलन तामाङले बताए ।
महोत्सव आयोजक समितिका प्रचारप्रसार संयोजक फुर्पु सिङगी तामाङका अनुसार, चौंरी पालनमा समर्पित किसान तथा गोठालाहरूको मनोबल बढाउनु महोत्सवको लक्ष्य रहेको छ ।
महोत्सवमा स्थानीय हस्तकलाबाट निर्मित सामग्री, स्थानीय अर्गानिक खानेकुरा र कृषि उत्पादनको प्रदर्शनी गरिनेछ। महोत्सवमा आउने पाहुनाहरूले कोसेलीका रूपमा स्थानीय स्तरमा उत्पादित निम्न सामग्री खरिद गर्न पाउनेछन् ।
चौंरीको चिज र घिउ, अर्गानिक आलु, सिमी र सिस्नु, राडीपाखी, पटुका र स्थानीय झोलाहरू, सांस्कृतिक र पर्यटकीय महत्व काठैकाठको कालो छाना भएका घरहरू रहेको गत्लाङ गाउँ ‘ब्ल्याक भिलेज’ का रूपमा प्रख्यात छ । करिब ६०० घरधुरी रहेको यस तामाङ बस्तीको आफ्नै मौलिक संस्कृति छ । महोत्सवका अवसरमा सांस्कृतिक झाँकी, लामा नाच र स्याब्रु नाचको विशेष प्रदर्शन गरिनेछ, जसले महोत्सवलाई थप रोमाञ्चक बनाउने विश्वास लिइएको छ ।
महोत्सवमा सहभागी हुने पर्यटकहरूका लागि पार्वतीकुण्ड दर्शनसँगै याक चिज कारखानाको अवलोकन, प्राचीन गुम्बा भ्रमण, ज्यार्सा तेन्जो डाँडा हाइकिङ र रुबी भ्याली पदयात्राको समेत अवसर मिल्ने आयोजकले जनाएको छ ।


प्रकाशित : २०८३ बैशाख १० बिहीबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement