बटनपुर / कैलालीको टीकापुर नगरपालिकाे एक विद्यालयले विद्यार्थीका लागि निशुल्क ईरिक्साको व्यवस्था गरेको छ ।
नगरपालिकाकाे वडा नम्बर ८ बटनपुर स्थित त्रिभुवन माविले बाल विकास देखि कक्षा ५ सम्म पढ्ने विद्यार्थीलाई घर देखी विद्यालय सम्म ईरिक्सा मार्फत आउने जाने निशुल्क व्यवस्था गरेको साे विद्यालयका प्रधानाध्यापक रविन्द्र कठायतले जानकारी दिए । 
टिकापुर नगरपालिका भित्र विद्यार्थीलाई घरदेखी विद्यालय निशुल्क आउने जाने व्यवस्था गर्ने यो पहिलो विद्यालय हो ।
विद्यालयले बैशाख २१ गतेदेखी पठनपाठन सुरु गर्ने गरी आजदेखी भर्ना अभियान सञ्चालन गरेको छ । विद्यार्थीले भर्ना हुन आउने क्रममा जन्मदर्ता र ग्रेडसिट ल्याउनु पर्ने विद्यालयले जनाएको छ ।
त्यस्तै विद्यालयले कक्षा १ देखी ८ सम्म पूर्ण रुपमा निशुल्क, कक्षा १ देखी ५ सम्मका दलित विद्यार्थी र छात्राहरु छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ
प्रधानाध्यापक कठायतका अनुसार जेहेन्दार, अपाङ्ग, मुक्त कमैया, कमलरी र विपन्न वर्गका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ
त्यस्तै बालविकास देखी कक्षा ३ सम्मका विद्यार्थीका लागि बालमैत्री कक्षा सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।
विद्यालयले कक्षा ८ देखी १२ सम्मका विद्यार्थीका लागि आवश्यकता अनुसार कोचिङ कक्षा, ईलाईब्रेरी, साइन्स ल्याब, कम्प्युटर ल्याबको व्यवस्थाका साथै एलईडी प्रोजेक्टर मार्फत पठनपाठन गर्ने बताएको छ ।

विद्यार्थीका लागि नियमित खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनुका साथै कक्षा ९ र १० मा ऐच्छिक द्वित्तीय तर्फ लेखा विषयको अध्ययन गर्न पाईने प्रधानाध्यापक कठायतले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको हुनाले विद्यार्थी संख्या बढाउने निति अनुसार साे विद्यालयले विविध शैक्षिक क्रियाकलाप संगै नि: शुल्करुपमा विद्यार्थीलाई घर बाट ल्याउने र पुर्याउने गर्ने तयारी गरेको बताइएको छ ।
यस अघि टिकापुर १ स्थित कर्णाली माविले टिकापुर नगरपालिकाकाे आर्थिक सहयोगमा बस संचालनमा ल्याएको छ ।



समाचार
