बर्दियाको गुलरियामा सोमबार भूमिहीन सुकुमवासी र मुक्तकमैयाहरुले प्रदर्शन गरेका छन्। वन कार्यालयले बस्ती खाली गर्न दिएको १५ दिने सूचनाको विरोधमा जिल्लाका आठै पालिकाबाट आएका सुकुम्बासी तथा मुक्तकमैयाहरुले विरोध जनाएका हुन्।
प्रदर्शनकारीले १५ दिने सूचना खारेज गर्न, डोजर प्रयोग गरेर हटाउने कार्य रोक्न लगायतका माग राखेका छन्। संयुक्त भूमि अधिकार संघर्ष समितिको आयोजनामा विभिन्न संघ–संस्थाहरुको सहभागितामा प्रदर्शन गरिएको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले वन कार्यालयले जारी गरेको सूचना तत्काल फिर्ता लिन र सम्बन्धित कानुन संशोधन गरी बसोबासको व्यवस्था गर्न माग गरेका छन्। माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।



समाचार
