रसुवा, विश्व वातावरण दिवस २०८३ को अवसरमा वन डढेलो आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषयक मावि स्तरिय जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता उत्तरगया गापा-५ रसुवा स्थित नीलकण्ठ माविमा बिहीबार सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय रसुवा र रेडियो लाङटाङ ९०.१ मेगाहर्जको सहकार्यमा भएको कार्यक्रम डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङको अध्यक्षतामा भएको थियो । 
जिल्लाभरका १९ जना विद्यार्थीले भाग लिएको कार्यक्रममा सेतीदेवी मावि धुसेनीकी सिवानी अधिकारी प्रथम भइन् । द्धितीयमा नीलकण्ठ मावि बोगटीटारकी सरगम भुषाल, तृतीयमा डाडागाउँ माविका कृष्ण पौडेल र सान्त्वना नीलकण्ठ मावि बाेगटीटारकी कन्चन रैला भइन् ।
कार्यक्रममा प्रमुख अतिथी उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, उत्तरगया गाउँपालिका ५ का वडा अध्यक्ष यमनाथ आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, उत्तरगया ५ का पुर्व वडा अध्यक्ष इश्वर थापा, नीलकण्ठ माविका प्रअ माधव लामिछाने, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका बागमती प्रदेश समिति अध्यक्ष राजकुमार थापा मगर, प्रेस चौतारी रसुवाका अध्यक्ष बलराम घिमिरे, शिक्षक,विद्यार्थी, समुदायका अगुवाहरू सहभागी रहेका थिए ।
प्रतियोगितामा पुरस्कृतहरूलाइ नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरी विश्व वातावरण दिवसको सन्दर्भ र कार्यक्रमको एक समीक्षा मन्तब्य राख्दै डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङ समापन गरेका थिए ।



समाचार
