लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

गोल्जुङ गाउँ रसुवाको पहिलो प्लाष्टिकजन्य प्रदुषण मुक्त वडा घोषणा

रसुवा/आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङलाइ प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणा गरिएको छ ।

डिभिजन वन कार्यालय रसुवा र आमाछाृदिङमो गाउँपालिका वडा नं ४को आयोजनामा ५४ औं विश्व वातावरण दिवसको अवसरमा भएको एक कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतामेले प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणा गरेका हुन् ।

समुदायले दैनिक जीवन ब्यवहारमा प्लाष्टिकको प्रयोगलाइ कम गर्दै जना सकेमात्र प्लाष्टिकजन्य प्रदुषण मुक्त वडा घोषणाले सार्थकता पाउने बताए ।
विशेष अतिथी जिल्ला समन्वय समितिका प्रमुख अशेककुमार घिमिरेले प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणाले मात्र नपुग्ने बताए । उनले वातावरण संरक्षण र वातावरण मैत्री विकास गरी थप कार्यक्रम गरेर प्लाष्टिकको कम प्रयोग गर्दै जाने र भविष्यमा २७ वटै वडामा नमुना तथा सफल वडा हुने बताए ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङ सभ्य समाजका लागि स्वच्छ वातावरण र सरसफाइ आवश्यक हुने बताए । उनले घोषणा गरेर वितरण गरेर मात्र नहुने , प्लाष्टिक कम प्रयोग गर्नुपर्ने, फोहोरको उचित विर्सजन गरेर सफा र स्वच्छ समाज विकास गर्नुपर्ने बताए । यस वडालाइ नमूना वडाका रुपमा विकास गरी अरु वडालाइ पनि प्रेरणा मिल्ने गरी सन्देश दिनुपर्ने बताए । कार्यक्रम सफलपार्न स्थानीय समुदायको महत्वपूर्ण हात रहनेमा तामाङले जोड् दिए ।

आमाछोदिङमो गाउँपालिका वडा नं ४ वडा अध्यक्ष धर्म तामाङले प्लाष्टिकजन्य प्रदुषण मुक्त वडा घोषणा भयो अब हामी सबैले जिम्मेवारी पुर्वक लागेर सफल पार्नुपर्ने बताए । उनले भने समुदायले बानी परिवर्तन गरी प्लाष्टिकलाइ विस्तारै विस्थापित गर्न वितरण भएको वैकल्पिक झोला बोकेर अब बजार जानुपर्ने बताए ।

कार्यक्रममा सरसफाइका लागि फौहोर संकलन गर्न ठाउँ ठाउँमा डष्टविन, प्लाष्टिकको सट्टामा वैकल्पिक झोला समेत वितरण गरिएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरु, पत्रकारहरु सहभागी थिए ।


प्रकाशित : २०८३ जेष्ठ २३ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement