लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

रसुवामा पूर्ण खाेप बारे छलफल

रसुवा/आधारभूत स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन स्थानीय तहको जिम्मेवारी भएकाले पूर्ण खोप सुनिश्चित गर्न सबै तहका सरोकारवालाको साझेदारी र समन्वय आवश्यक रहेकाे बताइएकाे छ ।

पूर्ण खाेप बारे छलफल कार्यक्रममा तथा पूर्ण खाेप समन्वय समितिकाे बैठकमा जनस्वास्थ्य अधिकृत निर्धाेज घर्तीमगरले पुर्णखोप निर्देशिका २०७१ तेस्रो संशोधन २०७७ अनुसार १६ देखि २३ महिना उमेर समुहका सम्पुर्ण वालवालिकाहरुले राष्ट्रिय खोप तालिकामा समावेश भएको सम्पुर्ण खोपहरु पाएको अवस्थालाई पूर्ण खोपलाइ पुर्ण खाेप भनिने बताए ।

पूर्ण खाेप घाेषणा भएपनि नियमित रिपाेर्टिङ गरी खाेप सुनिष्चित र दिगाेपना दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, बागमती प्रदेश सभा सदस्य इन्द्र गाेतामे, जिल्ला समन्वय प्रमुख अशाेककुमार घिमिरे, नगरिक समाज, पत्रकार, कार्यालय प्रमुखहरू सहभागी थिए ।

जिल्ला खाेप समन्वय समितिले सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार गुणस्तरीय पूर्ण खोप प्राप्त गरे नगरेकाे अनुगमन गर्ने, स्थानीय स्रोत तथा साधनको परिचालनमार्फत खोप सेवाको दिगोपना सुनिश्चित दिने, खोप कार्यक्रममा सरोकारवालाहरूको साझेदारी तथा सहभागिता वृद्धि गर्ने खोपबाट बच्न सकिने रोगहरूको प्रकोप तथा महामारीमा उल्लेखनीय कमी लयाउन र रोगमुक्त अवस्थातर्फ अग्रसर गराउन भूमिका खेल्नु पर्ने बताइएकाे थियाे ।

जनस्वास्थ्य अधिकृत मगरका अनुसार गाउँमा पालिका र वडा तहसम्म जिल्ला खाेप समन्वय समितिका सदस्य तथा पदाधिकारीले अनुगमन गर्ने पनि बताए ।


प्रकाशित : २०८३ जेष्ठ २३ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement