लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कानुनी विषयक क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

रसुवा/ उत्तरगया गाउँपालिकाको आयोजनामा न्यायिक समितिका सदस्य, गाउँसभा सदस्य तथा मेलमिलापकर्ताहरू का लागि सञ्चालन गरिएको “कानुनी विषयक क्षमता अभिवृद्धि सम्बन्धी १ दिने पुनर्ताजगी कार्यक्रम”सम्पन्न भयाे ।


कार्यक्रममार्फत सहभागीहरूलाई स्थानीय सरकार सञ्चालन, न्यायिक प्रक्रिया, विवाद समाधान तथा मेलमिलापका कानुनी एवं व्यवहारिक पक्षहरूबारे जानकारी प्रदान गरिएको थियो। यस प्रकारका कार्यक्रमले स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुने न्यायिक समितिका सदस्य, गाउँसभा सदस्य, मेलमिलापकर्ता सहभागी थिए ।


न्यायिक समितिबाट के-के गर्न सकिन्छ?,
​जग्गाको साँध-सिमाना, आलीधुर, र कुलो-पानीको विवाद सुल्झाउन सकिन्छ।,
​ज्याला-मजदुरी नपाएको, घरेलु विवाद न्याय पाउन सकिन्छ।
​नेतृत्व: गाउँपालिका उपाध्यक्षले गर्ने हुनाले सिधै पहुँच पुर्‍याउन सकिन्छ।
वडाको मेलमिलाप केन्द्रबाट के गर्न सकिन्छ?
​आफ्नै वडा कार्यालयमा गएर निवेदन दिन सकिन्छ।
​तालिमप्राप्त स्थानीय मेलमिलापकर्ताहरूको सहयोगमा दुवै पक्षले जित्ने गरी (Win-Win) आपसी सहमतिमा विवाद टुङ्ग्याउन सकिन्छ।
​ यहाँबाट सेवा लिँदा के-के फाइदा पुग्छ?
​खर्च बचाउन सकिन्छ: महँगो वकिल र कोर्ट फी तिर्नु पर्दैन, निःशुल्क जस्तै सेवा पाइन्छ।
​समय बचाउन सकिन्छ: अदालतमा जस्तो वर्षौंसम्म तारिख धाइरहनु पर्दैन, केही दिनमै काम बन्छ।
​सम्बन्ध जोगाउन सकिन्छ: रिसराग र दुश्मनी बढाउनुको सट्टा छिमेकीको सम्बन्धलाई पुन: सुमधुर बनाउन सकिन्छ लगायतका विषयमा सहजिकरण गरिएको गाउँपालिमा उपाध्यक्ष चमेली गुरुङले बताइन् ।


प्रकाशित : २०८३ जेष्ठ २५ सोमबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement