रसुवा/ सामुदायिक वनमा सूचना व्यवस्थापन प्रणाली र रेड कार्यन्वयन बारे उत्तरगया गाउँपालिका क्षेत्रका सामुदायिक वन उपभोक्ता बीच छलफल कार्यक्रम सम्पन्न भयो ।
बेत्रावती सवडिभिजन वन कार्यालय अन्तर्गत उत्तरगया गाउँपालिका -२ डाडागाउँमा भएको छलफलमा सामुदायिक वनमा व्यवस्थापन सूचना प्रणाली र रेड कार्यान्वयन डिभिजन कार्यालय वन कार्यालयका प्रमुख शम्भु तामाङ र वन अधिकृत मनिता चौधरीले सहजिकरण गरेका थिए ।
बारे छलफलमा कार्बन व्यापारबाट कसरी लाभ प्राप्त गर्न सकिन्छ रु उत्तरगया गाउँपालिका भित्रका वनका उपभोक्ता र सरोकारवाला बीच छलफल कार्यक्रमा डिभिजन कार्यालय वन कार्यालयका प्रमुख तामाङले निस्कृय समुहलाइ सक्रिय बनाउन कार्यालयले सक्दो प्रयास गर्ने बताए । समूहको सिक्रियता बिना काम गर्न सहज नहुने भएकोले समूह सशक्तिकरणका कार्यक्रम आवश्यक भएको बताए ।
सााुदायिक वनमा संरक्षण, व्यवस्थापन र उपयोग गर्ने काम उपभोक्ताको भएको र वनमा सूचना प्रणालीले योजना बनाउन सघाउने भएकोले समुहको सूचना अद्यावधिक जरूरी भएको बताउँदै विधान र कार्ययोजना अद्यावधिक गर्नुपर्ने समूहले समयमै कार्यालयमा कागजात सहित बुझाउन अनुरोध गरे ।
कार्बन संचिति तथा उत्सर्जन न्यूनीकरण कार्यक्रम बाट प्राप्त हुने लाभको बाँडफाँट र वितरण प्रक्रिया बारे बेत्रावती सव डिभिजनका गोविन्द भट्टले सहजिकरण गरेका थिए । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिका बापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तह सम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका थिए ।



समाचार
