टिकापुर / रसुवाकाे कालिका गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा, कालिका हिमालय मावि २०५६ ब्याचको सहकार्यमा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।
आयोजककाे १० औं रक्तदान कार्यक्रममा ८२ पिन्ट रगत संकलन गरिएको जनाइएको छ ।
रगत अभाव हुन नदिन रसुवाबाट पनि योगदान गर्ने हेतुले रक्तदान अभियान कै रुपमा आयोजना गरिएको स्यंसेवी रक्तदाता समाज रसुवाको उपाध्यक्ष तारा कार्कीले बताइन् । 
सन २००४ देखि देशभर निरन्तर रुपमा मनाउँदै आएको विश्व रक्तदाता दिवस भव्यताका साथ मनाउने भएको छ । हरेक वर्ष जुन १४ तारिखका दिन मनाउँदै आएको छ ।
पहिलो रक्तदाता उत्तरगया गाउँपालिका ४ का माधव लामिछानेलाइ कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान शुभारम्भ भएको थियो ।
कालिका गाउँपालिका अध्यक्ष देवकाेटा, उपाध्यक्ष मीरा लामा, स्वास्थ्य शाखा प्रमुख नवराज न्याैपाने, भूवन ढंगाना, नेपाल स्यंसेवी रक्तदाता समाज, कालिका हिमालय एसएलसी ब्याचकाे टिम तथा संचारकर्मी लगायत सहभागी थिए । संकलित रगत केन्द्रीय रक्तसंचार केन्द्रमा पठाइएको छ ।



समाचार
