कैलालीमा घरमा जडान गरिएको पानी तान्ने मोटरमा छुँदा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।
शनिबार बेलुकी गौरीगंगा नगरपालिका–६ का तपेन्द्र साउँदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई मोटर चलिरहेको अवस्थामा करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी आयुस्मालाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान सुरु गरेको छ। विद्युतीय उपकरण प्रयोग गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउन र विद्युत् जडान नियमित रूपमा परीक्षण गर्न पनि सम्बन्धित निकायले आग्रह गरेका छन्।



समाचार
