लागुऔषधको मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट फरार भएका थुनुवा संजय नगार्जी पुन:पक्राउ परेका छन ।
कैलालीको टीकापुर नगरपालिका–२, राजीपुरका ३१ वर्षीय नगार्जीलाई असार ९ गते लागुऔषध मुद्दामा पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो। तर, असार २१ गते राति करिब १२ बजे उनी प्रहरी हिरासतबाट फरार भएका थिए।
हिरासतबाट फरार भएपछि इलाका प्रहरी कार्यालय टीकापुरले उनको खोजीलाई तीव्र बनाएको थियो। विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा असार २५ गते बिहान १०:१५ बजे टीकापुर नगरपालिका–४ स्थित अस्नेरी चोक क्षेत्रबाट उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नगार्जीलाई पुनः इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


समाचार
