धनगढी: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएर सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला परेका छन्।
आइतबार निकुञ्ज भित्र च्याउ खोज्न गएका लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान टेलिफोन मार्फत सम्पर्कमा आएका थिए। त्यसपछि निकुञ्ज सुरक्षामा खटिएको रणसिंह दल गणको टोलीले उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाएको हो। प्रहरीका अनुसार वर्षाका कारण लागेको बाक्लो कुहिरोका कारण उनीहरू जंगलमा बाटो बिराएर अल्मलिएका थिए।
यस्तै, मालुमेला पोष्टबाट निकुञ्ज प्रवेश गरेका अन्य १४ जना महिलासमेत सकुशल फेला परेका छन्। उनीहरू दुई समूहमा विभाजन भएर च्याउ खोज्न गएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार सबै महिलाको खोजी सम्पन्न भइसकेको छ र उनीहरूलाई सुरक्षित रूपमा घर पठाइएको छ।



समाचार
