काठमाडौंको कीर्तिपुर नगरपालिका–४ ट्याङ्लाफाँटमा कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार आगलागी भएको कारभित्र रहेका एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनापछि काठमाडौंका एसपी पवन भट्टराईको नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेको छ । आगलागीको कारण तथा घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिएका छन ।



समाचार
