लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सामुदायिक विधालयमा विद्यार्थी ल्याउन र पुर्याउन नि:शुल्क इ-रिक्सा

बटनपुर / कैलालीको टीकापुर नगरपालिकाे एक विद्यालयले विद्यार्थीका लागि निशुल्क ईरिक्साको व्यवस्था गरेको छ ।
नगरपालिकाकाे वडा नम्बर ८ बटनपुर स्थित त्रिभुवन माविले बाल विकास देखि कक्षा ५ सम्म पढ्ने विद्यार्थीलाई घर देखी विद्यालय सम्म ईरिक्सा मार्फत आउने जाने निशुल्क व्यवस्था गरेको साे विद्यालयका प्रधानाध्यापक रविन्द्र कठायतले जानकारी दिए ।
टिकापुर नगरपालिका भित्र विद्यार्थीलाई घरदेखी विद्यालय निशुल्क आउने जाने व्यवस्था गर्ने यो पहिलो विद्यालय हो ।
विद्यालयले बैशाख २१ गतेदेखी पठनपाठन सुरु गर्ने गरी आजदेखी भर्ना अभियान सञ्चालन गरेको छ । विद्यार्थीले भर्ना हुन आउने क्रममा जन्मदर्ता र ग्रेडसिट ल्याउनु पर्ने विद्यालयले जनाएको छ ।
त्यस्तै विद्यालयले कक्षा १ देखी ८ सम्म पूर्ण रुपमा निशुल्क, कक्षा १ देखी ५ सम्मका दलित विद्यार्थी र छात्राहरु छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ
प्रधानाध्यापक कठायतका अनुसार जेहेन्दार, अपाङ्ग, मुक्त कमैया, कमलरी र विपन्न वर्गका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ
त्यस्तै बालविकास देखी कक्षा ३ सम्मका विद्यार्थीका लागि बालमैत्री कक्षा सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।
विद्यालयले कक्षा ८ देखी १२ सम्मका विद्यार्थीका लागि आवश्यकता अनुसार कोचिङ कक्षा, ईलाईब्रेरी, साइन्स ल्याब, कम्प्युटर ल्याबको व्यवस्थाका साथै एलईडी प्रोजेक्टर मार्फत पठनपाठन गर्ने बताएको छ ।

विद्यार्थीका लागि नियमित खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनुका साथै कक्षा ९ र १० मा ऐच्छिक द्वित्तीय तर्फ लेखा विषयको अध्ययन गर्न पाईने प्रधानाध्यापक कठायतले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको हुनाले विद्यार्थी संख्या बढाउने निति अनुसार साे विद्यालयले विविध शैक्षिक क्रियाकलाप संगै नि: शुल्करुपमा विद्यार्थीलाई घर बाट ल्याउने र पुर्याउने गर्ने तयारी गरेको बताइएको छ ।
यस अघि टिकापुर १ स्थित कर्णाली माविले टिकापुर नगरपालिकाकाे आर्थिक सहयोगमा बस संचालनमा ल्याएको छ ।

 

 


प्रकाशित : २०८३ बैशाख १५ मंगलवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement