सन्दर्भ डेस्क ,सतणति / धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकैदिन १९९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३२९ नमूनाको कोरोना परिक्षण गर्दा १९९ संक्रमित थपिएका हुन् ।सेतीमा सोमबार १५६ नमूनाको कारोना जाँच गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो केही दिन यता सेतीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमण दर पनि उकालो लागेको छ ।
सोमबार संक्रमण दर ५७ प्रतिशत रहेकोमा आस ६० प्रतिशत पुगेको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।