कैलालीमा खोलामा डुबेर १२ वर्षीय एक बालकको ज्यान गएको छ ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
आइतबार दिउँसो करिब १ बजे साथीहरू १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया अनुस्का बोहरासँग दोदा खोलामा नुहाउने क्रममा उनी डुबेका थिए। उनी डुबेपछी उनका साथीहरूले परिवारलाई खबर गरेपछि उनकी आमाले उद्धार गरी घोडाघोडी अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार अस्पतालमा उपचारका क्रममा दिउँसो करिब २ बजे चिकित्सकले टेकेन्द्रलाई मृत घोषणा गरेका थिए ।



समाचार
