लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सामुदायिक सहकारी सत्तिको साधारण सभा सम्पन्न

सत्ति / टीकापुर ७ सत्ति स्थित सामुदायिक सहकारी संस्थाकाे २१अाै वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष हरि कार्कीकाे अध्यक्षतामा भएकाे साधारणसभाकाे प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय रण बहादुर रावल रहेका थिए ।भने विशिष्ट अतिथिमा टीकापुर ६ का वडा अध्यक्ष बलीराम चाैधरी,टीकापुर ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु ,टीकापुर ९ का वडा अध्यक्ष लाैटन चाैधरी रहेका थिए ।
सहकारीका उपाध्यक्ष दिपक साउँदकाे स्वागत मन्तव्य संगै शुरुभएकाे कार्यक्रममा पुर्व धनसिहपुर गाविस अध्यक्ष जंग बहादुर साउँद र नारायपुर गाविसका पुर्व अध्यक्ष फकिरसिंह कडायत, उज्यालो बहुउद्देश्यीय सहकारीका अध्यक्ष डम्मर घर्तिमगर , सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धनसिह साउँद ,नारायणपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष चिरञ्जीवी खनाल , कर्णाली मावि सत्तिका प्रधानाध्यापक जगबिर शाह, नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति सदस्य तथा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम वि.क. लगायतले मन्तव्य राखेका थिए ।
सहकारीले साधारण सभामा ४ उत्कृष्ट बचत कर्तालाई सम्मान गरेकाे छ। साथै असल ऋणि ६ जना उत्कृष्ट कृषक २ जना , लघु कर्जा बाट १ जना , जेष्ठ नागरिक ७ जना जेहेन्दार विद्यार्थी ३ जना सम्मान गरिएकाे थियो ।
२०५७ सालमा स्थापना भएको सहकारीले यस आर्थिक वर्षमा ११ कराेड ६८ लाख ९५ हजार ८ सय ४१निक्षेप संकलन गरेकाेमा ६० लाख १० हजार ५ सय ९६ मुनाफा गर्न सफल भएकाे छ । हाल यस सहकारीमा महिला ५ सय ७५ जना र पुरुष ११सय ०५ जना गरि १६ सय ८० जना शेयर सदस्य रहेका छन ।


प्रकाशित : २०७८ पुष २४ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप