लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

खर्बौँ सम्पत्तिका मालिक रतन टाटाः भुइँ पुछ्ने कामबाट सुरु

खर्बौँ सम्पत्तिका मालिक रतन टाटाः भुइँ पुछ्ने कामबाट सुर

एजेन्सी / सन् १९६२ तिर रतन टाटाले कलेज सकेर अमेरिकी सहर लस एन्जलसमा जागिर गरिरहेका थिए। त्यही बेला एक युवतीसँगको प्रेममा परे। विवाह हुने पक्का भएपछि तयारी सुरु भयो। कार्ड समेत छापियो।
तर भारतमा रहेकी हजुरआमाको खराब स्वास्थ्य का कारण भारत जानुपर्ने भयो। उनी विवाह हुन लागेकी प्रेमिकालाई सँगै भारत ल्याउन चाहन्थे। केटीको परिवारले उचित ठानेन।

त्यसपछि प्रेमसम्बन्ध अधूरै रहन पुग्यो।

अहिले खर्बौँ सम्पत्तिका मालिक टाटाले विवाह नै गरेनन्। अर्थात् आजीजन अविवाहित रहे। उनलाई विवाहको लागि दबाब त आएकै थिए। त्यसलाई ठाडै अस्वीकार गरेर बसे।

टाटाले विवाह नगर्नुलाई कतिपयले आमा–बुवाको सम्बन्धसँग जोडेर हेर्न गरेका छन्। उनका आमाबुवाको वैवाहिक सम्बन्ध पनि टुटेको थियो। त्यति बेला उनी १० वर्षको मात्र थिए।

त्यसपछि उनको रेखदेखको सम्पूर्ण जिम्मेवारी उनको हजुरआमा नवजैबाईले नै लिइन्। नवजैबाईले नै रतनलाई हुर्काएकी थिइन्। त्यसैले हजुरआमाको लागि आफ्नी प्रेमिकालाई नै छाडिदिए।

भुइँ पुछ्ने कामबाट रतनको करिअर :
टाटा ग्रुपको सुरूवात रतन टाटाका बुवा जमशेदजीले गरेका हुन्। जमशेदजीले सन् १८६८ मा पारिवारिक व्यवसाय सुरू गरेका थिए। त्यस पछि उनले एक कपडा मिल खोले जहाँ नियम तोड्दै श्रमिकलाई पेन्सन र दुर्घटना क्षतिपूर्ति दिने थाले।

टाटा ग्रुपका कम्पनी सय बढी राष्ट्रमा सञ्चालन भइरहेको छ। कम्पनीले ऊर्जा, अटोमोटिभ, इन्जिनियरिङ र सूचना प्रविधि लगायत समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ।

रतन टाटाले सन् १९५९ मा कर्नेल विश्वविद्यालय बाट वास्तुकला र संरचनात्मक इन्जिनियरिङमा डिग्री गरेका छन्। सुख–सुविधामा हुर्किएका र पढाइको पृष्ठभूमि राम्रो भए पनि उनले आफ्नो करिअर टेल्को (अहिलेको टाटा मोटर्स)बाट सुरू गरे। उनले त्यहाँ भुइँ पुछ्ने काम थाले। त्यसपछि उनले टाटा स्टिलमा चुनढुंगा फाल्ने काम गरे।

रतन सन् १९८१ सम्ममा टाटाको अध्यक्ष भइसकेका थिए। उनी जेआरडीको उत्तराधिकारी भए र सन् १९९० देखि २०१२ सम्म टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको अध्यक्ष भए र सन् २०१२ मा सेवानिवृत्त भए।

अविवाहित टाटाको सम्पत्ति करिब २४२ बिलियन अमेरिकी डलर पुगेको छ। गत वर्ष मात्रै १०३ विलियन डलर राजस्व तिरेका छन्। उनका कम्पनीमा ८ लाख बढीले रोजगारी पाएका छन्।

सार्वजनिक रूपमा सूचीबद्ध २९ वटा टाटा उद्यम पुँजी बजारमा सूचिकृत छन्। गत डिसेम्बर २८ मा ८४ वर्ष लागेका रतन भारतीय उद्योगपति, परोपकारी र टाटा सन्सका पूर्वअध्यक्ष हुन्।

रतन सन् १९९० देखि २०१२ सम्म टाटा ग्रुपका अध्यक्ष थिए। त्यसपछि सन् २०१६ को अक्टोबर देखि २०१७ को फेब्रुअरीसम्म अन्तरिम अध्यक्षको रूपमा कार्यरत थिए। हाल भने उनी यसको परोपकारी ट्रस्टको नेतृत्व गरिरहेका छन्।

रतनको कार्यकालमा टाटा ग्रुपको राजस्व बढी वार्षिक १ सय बिलियन अमेरिकी डलर बढी भएको थियो।

टाटाको विशेषताः पुराना कम्पनी खरिद गर्दै रुपान्तरण
टाटा ग्रुपको विशेषता भनेको यसले कम्पनी खरिद गर्दै त्यसलाई रूपान्तरण गर्नु रहयो।  रतनको नेतृत्वमा टाटा ग्रुपले उल्लेखनीय रूपमा सुधार गरेको छ। टाटा ग्रुपले सन् २००० मा चिया कम्पनी टेट्ली, सन् २००७ मा एङ्गलो–डच कोरस ग्रुप र सन् २००८ मा ज्यागवार ल्यान्ड रोवर खरिद गर्यो।

टाटाले चिया कम्पनी ४०७ मिलियन अमेरिकी डलरमा, एङ्गलो–डच कोरस ग्रुप १२ बिलियन अमेरिकी डलरमा र ज्यागवार ल्यान्डरोवर २.३ बिलियन अमेरिकी डलरमा खरिद गरेको हो।

हालैमात्र पनि टाटाले भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डियालाई किनेको छ।  टाटा सन्सका अध्यक्ष इमेरिटस रतन टाटाको लागि एयरलाइन्सको पुनरागमन महत्वपूर्ण रहेको मान्छन्।

एयर इन्डियाको स्थापना सन् १९३२ मा जहांगीर रतनजी दादाभाइ टाटा (जेआरडी)ले गरेका थिए। त्यतिबेला उनले टाटा एयरलाइन्सको नामबाट विमान कम्पनीको स्थापना गरेका थिए।

सरकारले लिएको कम्पनी कोरोना महामारीको समयमा एयरलाइन्सले ठूलो घाटा व्यहोर्नुपरेपछि टाटा सन्सले त्यसलाई पुनः खरिद गरेको छ। टाटा सन्सले १८० बिलियन भारूमा यो एयरलाइन्स किन्यो।

आजीवन अरूलाई दिन मात्रै जाने :
टाटा रतन उद्योगीसँगै परोपकारीको रुपमा परिचित छन्। व्यवसायी रतन टाटा ८४ वसन्त पार गरे।

रतन टाटाले आफ्नो जीवनको अधिकांश समय टाटा कम्पनीको लागि समर्पित गरे। टाटाले मानिसको जीवन र दैनिकी सुधारमा प्रयत्न रहेको छ। रतनका बाबु जमशेदले पारिवारिक कम्पनी स्थापना गरे पनि त्यसबाट कमाएको अधिकांश हिस्सा टाटा ट्रस्टलाई दान गरे।  अहिले पनि टाटा सन्सको इक्विटीको ६६ प्रतिशत टाटा ट्रस्टको स्वामित्वमा छ।

टाटा ट्रस्ट विभिन्न देशमा प्राविधिक केन्द्रको निर्माणदेखि विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। टाटाले गुगल, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र अन्य सरकारी एजेन्सीसँग समेत साझेदारीमा काम गरिरहेको छ।

टाटा ट्रस्टले खेलकुदमा इच्छुक बालबालिकालाई आवश्यक स्रोत र शिक्षा उपलब्ध गराएको छ।हालसालै कोभिडविरुद्ध लड्न टाटा ट्रस्टले १५ बिलियन भारु अर्थात् २०१ मिलियन अमेरिकी डलर दान गरेको छ।

‘कुनै समय पसलको भुइँ सफा गर्ने काम गर्थेँ। त्यसबेला मैले कम भाग्यमानी मानिसको दुःख र कठिनाइलाई नजिकबाट नियाल्ने मौका पाएँ’, रतन टाटा भन्छन्, ‘मानिसको जीवनलाई   सुधार गर्नमा आफूलाई समर्पित गर्दै छु।’

टाटा पशु कल्याणसम्बन्धी पनि सक्रिय छन्।

‘जनावरले पनि निकै दुःख भोग्नुपर्छ। तीमध्ये जनावरलाई मानिसले बाटोमै छाडेको देख्दा मेरो मुटु साँच्चै टुट्छ’, उनी भन्छन्।

शिक्षकले रतनमा देखेको भविष्य :
सन् १९५५ तिरको कुरा हो, रतन त्यसबेला न्युयोर्क स्थित रिभरडेल कन्ट्री स्कुलमा अध्ययनरत थिए। उनले त्यहीबाट आफ्नो स्नातक पनि सकाए ।

रतनको स्कुलमा वार्षिक पुस्तक छापिन्थ्यो, जसमा शिक्षकले विद्यार्थीबारे केही लेख्थे। सोही वर्ष रतन बारे पनि लेखिएको थियो। उनको स्वभाव र व्यवहार बारे त्यो वार्षिक किताबमा लेखिएको थियो, ‘रतनको मनमोहक र नम्र चरित्रले उनलाई सफलता दिलाउने निश्चित छ। यदि उसले यो चरित्र र विद्यालाई पूर्णविकास गरिरह्यो भने हामीलाई पूरा विश्वास छ उसको जीवन निकै सम्पन्न र उपयोगी हुनेछ।’

त्यो किताबमा उनको उपस्थिति, बानी–व्यवहार र सपनाबारे पनि लेखिएको थियो। रतनबारे जे लेखिएको थियो, त्यो पढ्दा यस्तो लाग्छ कि उनी किशोरावस्थामा निकै प्रभावशाली छात्र थिए। तर अहिले आफ्नो राष्ट्र र महादेशमा उनको जुन प्रभाव छ त्यसबेला यस्तो प्रभावशाली हुन्छन् भन्ने कसैले सोचेकै थिएन होला।

रतनले संसारको सबैभन्दा शक्तिशाली र गतिशील कम्पनीमध्ये एउटा कम्पनी, टाटाको विस्तार मात्र गरेनन् उनले आफ्नो परोपकारी भाव र कार्यमार्फत लाखौं भारतीयको जीवनमा सकारात्मक प्रभाव पारेका छन्।

टाटाको जीवन हेर्दा, रिभरडेल कन्ट्री स्कुलमा हुँदा छापिएको वार्षिक पुस्तकमा उनको बारेमा जे लेखिएको थियो, त्यो पक्कै पनि सही प्रमाणित भएको छ। उनले एक ‘उपयोगी जीवन’ बिताएका छन्। साभार : विभिन्न एजेन्सी बाट


प्रकाशित : २०७८ पुष ३० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप