लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

निर्वाचन गर्न १२० दिन चाहिन्छ: निर्वाचन आयुक्त बैशाख १४ भित्रै स्थानीय तहको निर्वाचन गर्न आग्रह

 

सन्दर्भ डेस्क / निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्बदलीय बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ ।

छलफलमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका लागि तयारी गर्न आयोगलाई कम्तिमा १ सय २० दिन लाग्ने बताएका छन् ।

आगामी माघ १२ गते राष्ट्रिय सभा निर्वाचन तथा जेठमा स्थानीयतहको कार्यकाल सकिने भएकाले त्यसअघि गरिने स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनबारेमा छलफल गर्न भन्दै आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो ।

निश्चित समय सीमाभित्र निर्वाचन गर्नुको विकल्प नभएको भन्दै प्रमुख आयुक्त थपलियाले दलका नेतालाई ब्रिफिङ गरेका थिए ।

प्रमुख आयुक्त थपलियाले बैठकमा स्थानीय तहको विकल्प नभएको र समयमै चुनाव गराउनुपर्ने धारणा राखेको बैठक पछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राजनीतिक दललाई आगामी जेठ ६ बाट नयाँ जनप्रतिनिधिको कार्यकाल सुरू हुने पनि प्रष्ट्याउँदै आयोगले सोही अनुसार निर्णय हुनुपर्नेमा जोड दिएको छ ।

आयोगले आगामी बैशाखमा निर्वाचन गराउन कुनै समस्या नहुने धारणा राखेको थियो ।

छलफलमा निर्वाचन आयोगले प्रस्तावित गरेको बैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेगरी मिति घोषणा गर्न राजनीतिक दलका नेताले सरकारलाई आग्रह गरेका छन ।
निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गते अघि नै स्थानीय तहमा नयाँ जनप्रतिनिधिले पदवहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जेठ १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए जेठ १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।

आयोगको सो प्रस्तावलाई दलहरुले समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गरिएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनले कोरोना संकटका कारण राष्ट्रियसभाको निर्वाचनको मतदान केन्द्र र मतदान स्थल सकेसम्म सबै जिल्लामा रहने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताए ।


प्रकाशित : २०७८ पुष ३० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप