लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

एनआरएनएको‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण

सन्दर्भ डेस्क ,सत्ति  / गैर आवासीय नेपालीको सहयोगमा सुदुर पश्चिम प्रदेशका लागि खरिद गरिएको एनआरएनए को दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ आज हस्तान्तरण गरिएको छ । धनगढीमा एक कार्यक्रमका बीच बस हस्तान्तरण गरिएको हो । 

उक्त बस संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप वड मार्फत रेडक्रस कैलालीका अध्यक्ष उत्तम जोशीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिवी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी र शनिकुमार ओली लगायत  एनआरएन अभियन्ता सहभागी रहेका थिए ।

बसको लागत ६० लाख हाराहारीमा भए पनि गैर आवासीय नेपालीबाट ४८ लाख संकलन भएको थियो । बाँकि रकम एनआरएनएको आइसिसीको खाताबाट पछि ब्यहोर्ने गरि खरिद गरिएको जनाइएको छ ।

‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र अफ्रिकाबासी आइसिसी पूर्वकोषाध्यक्ष हिक्मत थापा सहसंयोजक थिए । परियोजनाका लागि सुदुर पश्चिमेली समाज अन्तर्राष्ट्रिय समिती, सुदुरपश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया , कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदुर पश्चिम समाज अमेरिका, टेक्सास अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिती युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसाेसियसन , ह्युमानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लव अफ न्युवर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिती लगायतले सहयोग पुर्याएका थिए ।

मोबाइल ब्लड बस सुदुर पश्चिमका सबै जिल्लामा आवश्यकता अनुसार सञ्चालन गरिनेछ । आधुनिक प्रविधि सहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्तदान गर्ने, संकलन गर्ने र सुरक्षितरुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिका मार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको छ ।


प्रकाशित : २०७८ माघ ३ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप