लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रहरीको सकारात्मक काम

पछिल्लो समयमा टीकापुर प्रहरीले लागुअाैषध नियन्त्रणका लागि चलाएको अभियान सकारात्मक छ । प्रहरीले भविष्य बचाउँ’ कार्यक्रम अन्तरगत अभियान चलाएको छ ।

इलाका प्रहरी टिकापुर अन्तरगत प्रहरी चाैकि कालाकुण्डा र सत्तिले यो कार्यक्रमलाई तिव्रता दिएकाे देखिन्छ । सिमानामा रहेको प्रहरी चाैकि कालाकुण्डाले दैनिक ३/४ जना प्रयोग कर्ता समातिएको तथ्यांक रहेको छ । प्रहरीको यश अभियानलाई सामाजिक अगुवाले पनि साथ दिनुपर्ने देखिन्छ ।
पछिल्लो समयमा लागुऔषध सेवनकर्ताले भारतीय बजार तिकुनियाँ र यसका आसपासका क्षेत्र बाट सेवन गरेर आउने गरेको भेटिएको छ ।
भने केही सेवनकर्ता नेपालगन्ज सम्म पुग्ने गरेको खुल्न आएको छ ।
प्रहरीको यस्तो आक्रमक कदमले लागुऔषध कारोबारमा संलग्नहरुमा हलचल आएको छ ।
टीकापुर स्थित इलाका प्रहरी कार्यालय र प्रहरी चौकी कालाकुण्डा र सत्तीको पछिल्लो काम सकारात्मक छ । टीकापुर प्रहरीले चालेको यो कदमपनि समाजको हितमा छ । तथापि लागुऔषध नियन्त्रणको प्रयास प्रहरीले मात्र गरेर हुदैन । लागुऔषध बाट सन्तान बचाउन सम्बन्धित घरपरिवारका अभिभावकले ध्यान दिनुपर्ने मुख्य कुरा हो । आफ्नो घरको सदस्य लागुऔषध कुनै अपराधिक कृयाकलापमा लागेको छ, सो कुरा सर्बप्रथम परिवारले केलाउनुपर्छ । सो बिषयमा सबैभन्दा बढी घरपरिवारको दायित्व हो । गत पुस महिनामा मात्र टिकापुर प्रहरीले ( पुस २७ गते सम्म ) २ सय ३५ जनालाई समातेको विवरण छ ।


प्रकाशित : २०७८ माघ ४ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप