लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

अब खाेप कार्ड अनिवार्य हुने

सत्ति / तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ । छैन भने अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन ।

कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्र्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो । यो नियम ७ माघबाट लागू हुँदै छ ।

गृह मन्त्रालयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमार्फत सरकारले ७ माघबाट खोप कार्डबिना हिँडडुल गर्न नपाइने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।

बैठकले कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मोबाइलमा भए पनि कार्डको फोटो खिचेर राख्दा हिँडडुल गर्न सहज हुनेछ ।

यसैगरी, विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले बन्द गरिएका विद्यालय १६ माघदेखि २० गतेसम्म खोल्ने निर्णयसमेत गरेको छ ।

विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय खोल्ने निर्णय गरेको कोइरालाले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई खोप लगाउन सो अवधिमा विद्यालयमा खोप अभियान नै चलाइनेछ ।

यसैगरी, विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ माघ ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप