लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

हिमपात क्षेत्रमा पर्यटक हिउँ संगै रमाउँदै ,पहाडी जनजीवन कष्टकर

मञ्जु वि. क.– बदलिँदो मौसमका कारण सुदूरका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । 
हिमपातका कारण तराईपहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र छन् । लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गमा सयौँ यात्रु अलपत्र परेका छन् । हिमपातका कारण कतिपय पहाडी मार्गमा यात्रु कष्टकर अवस्थामा छन ।
हिमपातले बन्द रहेको राजमार्ग खुलाउन डोजर प्रयोग गरिएको छ । सुदुरका महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ ।
यो वर्ष लामो समयपछि हिमपात भएको स्थानीयको भनाइ छ । निरन्तर हिमपात भई नै रहेको छ । यातायात पुनः सञ्चालन गर्न डोजरको प्रयोग भएकाे छ । भारी हिमपात क्षेत्रमा हिउँ संग पर्यटक रमाउन थालेका छन् । हिउँसँग खेल्नेको भीडले हिउँ परेका क्षेत्र भरिभराउ छन् ।
सामाजिक संजाल भरि तस्बिरहरू र भिडियो पाेष्ट गरिएका छन । गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले भने पुनः चिसो बढेको छ भने
लगातारको हिमपातसँगै सेताम्मे भएका डाँडामा हिउँमा रमाउने युवायुवतीको ताँती छ । हिमपात लाई पर्यटनकारुपमा लिन सके हिमपातको समयमा भारतीय तथा नेपाली पर्यटक तान्न सकिने स्थानीयवासीको मत छ । हिमपातले जनजीवन कष्टकर भए पनि कृषक भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन । पहाडमा हिमपात भए पछि तराईमा पनि चिसो बढेको छ । लगातार पानी परेकाले तराईको जनजिवन पनि प्रभावित भएको छ । कतिपय ठाउँमा चट्याङ समेत परेको छ ।


प्रकाशित : २०७८ माघ २१ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप